3 idiots 2009 subtitle sinhala download zoom lk zoom no download zoom download recording to computer download zoom_amd64.deb zoom 101 sign up & download - zoom 101 sign up & download
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको तयारी, को-को बन्दैछन् नयाँ मन्त्री ?

 आइतवार, जेष्ठ २२ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालका अनुसार आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर भोलि नै निर्णय कार्यान्वयन हुनेछ ।

आज बसेको सचिवालय बैठकपछि उपमहासचिव गंगालाल तुलाधरले शीर्ष नेताहरुले आवश्यक परे हेरफेरको निर्णय गर्ने बताए । उपमहासचिव तुलाधारका अनुसार यसबारे अध्यक्ष माधव कुमार नेपालले निर्णय गर्नेछन्
। ‘मन्त्रीहरूलाई ६ महिना भनेर पठाएका थियौं, ६ महिनाभन्दा बढी भइसक्यो उहाँहरूसँग शीर्ष नेताहरूबीचमा बसेर छलफल गरी समझदारी बनाउँछौं । कति हेरफेर गर्ने उहाँहरू (शीर्ष नेता) ले नै गर्नुहुन्छ’, उनले भने ।

कुन–कुन मन्त्री फिर्ता हुने भए ?
पार्टीको निर्णय कार्यान्वयन हुँदा चार मन्त्री र एक राज्यमन्त्रीको पद जानेछ । स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रीबाट हट्ने बुझिन्छ । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको पनि राज्यमन्त्री पद रिक्त हुनेछ ।

एकीकृत सरकारमा पठाउने नयाँ मन्त्रीहरूको नाम भने सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया सबै