zoom cloud meeting app download for pc - zoom cloud meeting app download for pc digital zoom software free download download zoom on desktop computer can't open zoom on laptop - can't open zoom on laptop join zoom meeting with id & passwords saved - join zoom meeting with id & passwords saved zoom cloud meeting download for pc windows 10 - zoom cloud meeting download for pc windows 10
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

धरानमा विशाल भट्टराईद्वारा भलमान राईको सालिक अनावरण

 आइतवार, जेष्ठ २२ २०७९  

काठमाडौं । धरानमा खोटाङका पूर्व ब्रिटिस लाहुरे तथा पूर्व जनप्रतिनिधि भलमान राईको सालिक (प्रतिमा) स्थापना गरिएको छ । राईको सालिक धरान उपमहानगरपालिका—२० स्थित ब्रिटिस गोर्खा स्मृतिपार्कमा भलमान दिलकुमारी राई प्रतिष्ठानले एक कार्यक्रम आयोजना गरी अनावरण गरेको हो । रार्य खोटाङको साबिकको निर्मलीडाडा गाबिसका पूर्वअध्यक्ष समेत हुन् ।

भलमानको सालिकको अनावरण खोटाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा एमाले संसदिय दलका प्रमुख सचेतक विशाल भट्टराईले शनिबार एक कार्यक्रमबीच गरेका हुन् । दोस्रो विश्वयुद्दमा गोर्खालीको तर्फबाट लडेर बहादुरी प्रदर्शन गरेका भलमान सामाजिक र राजनीतिमा पनि एक इमान्दार ब्यक्तिका रुपमा चिनिन्थे ।

कार्यक्रममा नेता भट्टराईले समाजमा आफ्नो मूल्यवान योगदान गरेका पूर्वजहरुलाई सम्मान गर्ने सँस्कृति बसाल्न सकिए सामाजिक क्षेत्रमा लाग्ने ब्यक्तिको उच्च सम्मन हुने बताए । उनले सामाजिक र राजनीतिकरुपमा स्वच्छ छबि भएका भलमानको सालिक स्थापना गर्ने प्रतिष्ठान र उनका परिवारलाई धन्यवाद पनि दिए ।

कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष तथा भलमानका सुपुत्र हेमराजले दोस्रो विश्वयुद्द लडेर गोर्खालीको तर्फबाट बहादुरी प्रदर्शन गरेकाले ब्रिटिस स्मृति पार्कमा बुबाको सालिक स्थापना गरिएको बताए ।

प्रतिक्रिया सबै