zoom win download zoom 5.0.1 download zoom chat app zoom cloud meeting app zoom download for laptop hp zoom installer - zoom installer zoom.com app download zoom wallpaper app
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

पेट्रोल पम्पको ट्यांकी बिस्फोट, दुई जना घाइते

 आइतवार, जेष्ठ २२ २०७९  

काठमाडौं । काठमाडौंको टेकुस्थित पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी बिस्फोट भएको । उक्त विस्फोटमा परी दुई जना घाइते भएका छन् । आइतबार साँझ ५ बजे काठमाडौं महानगरपालिका—१२ टेकुस्थित कनक पम्पमा ट्यांकीमा बिस्फोट हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

उनका अनुसार इन्धन राख्ने ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास बिस्फोट भएको हो । खाली भइसकेको ट्याङ्की ग्यासले भरिएको र ढक्कन वेल्डिङ गर्नेक्रममा पड्किएको प्रहरीले जनाएको छ ।

बिस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका(३ घर भई काठमाडौंको कालिमाटी बस्ने ३० वर्षीया किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते छन्।

किशोरीको बायाँ खुट्टा जलेर फ्र्याक्चर भएको र दाहिने खुट्टा, अनुहार दुबै हात र छाती जलेको प्रहरी उपरीक्षक मैनालीले बताए। उनी हल्का बोल्न सक्ने अवस्थामा रहेको उनले बताए । त्यस्तै शाहको बायाँ गालामा पोलेको छ। उनी बोल्न सक्ने अवस्थामा छन् । उनीहरू दुबैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया सबै