zoom download for laptop free download zoom client us zoom client join meeting download zoom plus plus download for pc zoom pcr testing reviews zoom cornell download htt://zoom.us/download zoom q2n 4k windows 10 installation
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

नागरिकता विधेयकमा सहमति जुटाउन परामर्श

 आइतवार, जेष्ठ २२ २०७९  

काठमाडौं । संघीय संसदमा विचाराधिन ‘नेपाल नागरिकता ऐन २०६३ संशोधन’का विषयमा सरोकार पक्षबीच छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको पहलमा मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), सांसद पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डेलगायत सहभागिता थिए ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले दलहरूबीच सहमति जुटाएर प्रतिनिधिसभाको जारी अधिवेशनमा नागरिकता विधेयक प्रस्तुत गर्ने विषयमा छलफल भएको जानकारी थिए । उक्त विधेयकमा नागरिकतालगायत विषयमा सहमति जुट्न सकिरहेको छैन । सरकारले प्रतिनिधिसभाको यही अधिवेशनमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेको छ ।

यसअघि कानुनमन्त्री शर्मा र गृहमन्त्री खाणले नागरिकता विधेयकमा सहमति जुटाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरिसकेका छन् । गृहमन्त्री खाणले सबै दलका प्रमुख सचेतकहरूसँग समेत पटकपटक छलफल गरिसकेका छन् ।

प्रतिक्रिया सबै