zoom installation error 10002 join zoom meeting with meeting number install zoom msi gpo log into zoom meeting with id and password - log into zoom meeting with id and password zoom client meeting app download app marketplace zoom zoom sign in download - zoom sign in download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

तीन चिनियाँ अन्तरिक्षयात्रीले पृथ्वी छाडे

 आइतवार, जेष्ठ २२ २०७९  

काठमाडौँ। चीनले अन्तरिक्षमा तीन अन्तरिक्षयात्री प्रक्षेपण गरेको छ । चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट छाङ चङ २ एफ १४ नामक रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यान प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले जनाएको छ ।

सो प्रक्षेपणपछिको ५७७ सेकण्डमा शन चौ–१४ अन्तरिक्ष यान छाङ चङ रकेटबाट छुटिएर निर्धारित क्षेत्रमा बसेको दाबी गरिएको छ ।

अन्तीक्षयात्रामा रहेका सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेको अन्तरिक्ष कार्य परियोजनाले जनाएको छ । परियोजनाले यो प्रक्षेपण चीनको अन्तरिक्ष यात्राको अर्को सफलता रहेको जनाएको छ ।

चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजना शुरू भएदेखि यो २३औं अन्तरिक्ष यान प्रक्षेपण हो । साथै अन्तरिक्ष स्टेशन निर्माण क्रममा मानव बोक्ने अन्तरिक्ष यानको प्रक्षेपण गरिएको यो तेस्रो हो ।

यस पटकको प्रक्षेपणपछि अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनको थान ह नामक केन्द्रीय केबिनमा प्रवेश गर्ने र त्यहाँ आगामी ६ महिनासम्म बस्ने योजना रहेको छ । यी अन्तरिक्ष यात्रीहरू चेन डोङ, लिउ याङ र काई सुझे,ले चीनको अन्तरिक्ष स्टेशनको मर्मतसम्भार गर्ने साथै वैज्ञानिक अध्ययन गर्ने योजना पनि रहेको छ ।रासस
तस्वीर- सीसीटीभी प्लस

प्रतिक्रिया सबै