download zoom laptop gratis zoom meeting windows 10 download legal zoom llc articles download basic instructions for joining zoom meeting - basic instructions for joining zoom meeting join zoom meeting with id & password reset - join zoom meeting with id & password reset zoom 5.5.0 download
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

संसदमा यी दुई विधेयक पेस हुँदै

 सोमवार, जेष्ठ २३ २०७९  

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विधेयक पेस हुने सम्भावना रहेको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला०ले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची । संसद्का महासचिव भरतराज गौतमका अनुसार विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ । विनियोजन विधेयक, २०७९ अन्तर्गत कानुन, युवा तथा खेलकुद, श्रम, वन, सहरी विकास, भूमि र महिला तथा बालबालिका गरी ६ वटा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।

 

प्रतिक्रिया सबै