zoom client meeting download zoom meeting download for pc covid pcr test bergen op zoom zoom 32 bits download download zoom for pc windows 10 64 bit free download zoom meeting for laptop www.zoom us.meeting download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुलाई आज शपथ गराउने तयारी

 सोमवार, जेष्ठ २३ २०७९  

 

काठमाडौं । आज एकीकृत समाजवादीबाट मन्त्री सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ ।

एकीकृत समाजवादीबाट मन्त्रीका लागि सिफारिस भएकाहरूको सोमबार (आज) दिउँसो शपथ हुने भएको हो । शपथ ग्रहण दिउँसो हुने भनिए पनि समय निश्चित भइसकेको छैन । सोमबार दिउँसो शपथका लागि तयारी अवस्थामा बस्न उनीहरूलाई बालुवाटारबाट खबर गरिएको छ ।

यस्तै, हाल सरकारमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ फिर्ता बोलाइएका छन् ।

सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषदमा आफ्नो भागमा रहेका पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया सबै