na zoom meeting join zoom meeting free download zoom for windows 10 pro 64 bit - free download zoom for windows 10 pro 64 bit download zoom for free on laptop zoom for free no download install zoom app for all users download zoom recordings from link zoom cloud app free download for pc - zoom cloud app free download for pc
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

विद्युतीय सवारी उत्पादनको क्षमता बढाउँदै टीभीएस

 सोमवार, जेष्ठ २३ २०७९  

काठमाडौं । टीभीएस मोटर कम्पनीले विद्युतीय सवारी उत्पादनको क्षमता बढाउने भएको छ । टीभीएस मोटर कम्पनीले विद्युतीय सवारी साधन उत्पादनका लागि करिब ५ हजार करोड भारु अर्थात् ८० अर्ब रुपैयाँ जुटाउने भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्राइभेट इक्विटी फर्मबाट विद्युतीय सवारी साधनको उत्पादनका लागि उक्त रकम जुटाउने भएको हो । ‘टीभीएसले विद्युतीय सवारी साधनको क्षेत्रमा पनि आफ्नो वर्चश्व कायमै राख्नका लागि उक्त लगानी जुटाउन लागेको र उक्त लगानी नेटवर्क बिस्तारमा पनि खर्च गरिने छ,’ कम्पनीसँग सम्बन्धित स्रोतले भन्यो ।

उक्त रकमध्ये ५०० देखि ६५० मिलियन डलर टीभीएस मोटर्सले उठाउने छ । उक्त रकम विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि खर्च गरिनेछ ।

यसले टीभीएसको विद्युतीय सवारी साधनको बिक्रीबाट प्राप्त हुने आम्दानी बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय विश्वव्यापीरुपमा बढ्दो विद्युतीय सवारी साधनको मागलाई ध्यानमा राख्दै कम्पनीले उक्त निर्णय गरेको हो ।
पछिल्लो समय भारतमा विद्युतीय सवारी साधन उत्पादन गर्ने स्टार्टअप कम्पनीहरुमा पनि ठूलो मात्रामा लगानी भइरहेको छ ।

भारतमा सन् २०२१ मा मात्रै इभी टेक स्टार्टअपहरुमा ४४४ मिलियन डलर लगानी जुटेको थियो । साथै टाटा मोटर्सले पनि ७ हजार ५०० करोड अर्थात् ७५ अर्ब रुपैयाँ गत अक्टोबरमा लगानी जुटाएको थियो ।

त्यसैगरी ओला इलेक्ट्रिकले २५३ मिलियन डलर, ब्लसमार्टले २५ मिलियन डलर, सिम्पल इनर्जीले २१ मिलियन डलर, रिभोल्टले २० मिलियन डलर, डेटेलले २० मिलियन डलर लगानी जुटाएका छन् ।

(क्लिक मान्डूबाट)

प्रतिक्रिया सबै