zoom icon png free download zoom client app pc - zoom client app pc free zoom app download for pc windows 10 download and install zoom for windows 10 how do i download an older version of zoom download zoom hack app
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

इम्बोस्ड नम्बर शुल्कमा पुनर्विचार गर्न गगन थापाको माग

 सोमवार, जेष्ठ २३ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड नम्बर प्लेटको शुल्कमा पुनर्विचार गर्न सरकारसँग माग गरेका छन ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले सरकारले जबरजस्तीको बाटो लिएर नागरिकलाई सास्ती दिन खोजेको आरोप लगाएका छन् ।

थापाले भने ‘यो व्यवस्थाका विरुद्ध नागरिकहरुले विरोध जनाइरहेका छन्, यातायात मन्त्रालयले इम्बोस्ड नम्बरको बिषय सजिलो तर, गलत बाटो अपनाएको छ त्यो हो दण्ड जरिवानाको ।’

जुन कार्यालयले राम्ररी काम गरेन त्यो कार्यालयमा ताकेता गर्ने हो कि जनतालाई तर्साउने हो भन्दै प्रश्न समेत उनले गरे । नागरिकलाई सास्ती हुनेगरी जबरजस्ती सरकारले इमबोस्ड नम्बर लागू गर्न खोजेको उनको भनाइ छ।

इम्बोस्ड नम्बर प्लेटका लागि सरकारले नागरिकलाई सहज हुन बाटो लिनुपर्ने उनको भनाई छ । गत शुक्रबार यातायात विभागले असार भित्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने र नगरे कारवाही गरिने भन्दै एक सूचना जारी गरेको थियो ।

प्रतिक्रिया सबै