zoom app download pc download zoom for pc gratis zoom app download windows 10 download zoom for windows 10 64 bit zoom login no download cloud zoom js download safe zoom download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

फेसबुके प्रेमीको शिकार बनिन् किशोरी, भेट्न बोलाएर सामूहिक बलात्कार

 सोमवार, जेष्ठ २३ २०७९  

काठमाडौं । बाँकेमा १६ वर्षीया किशोरी फेसबुकबाट चिनजान भएर बनेका प्रेमीले भेट्न बोलाएर सामूहिक बलात्कार गरेका छन् । किशोरीमाथि बलात्कारको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

बलात्कारमा संलग्न आरोपमा वैजनाथ गाउँपालिका-८ बस्ने २३ वर्षीय राजकुमार थारूलगायत सात जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार बैजनाथ गाउँपालिका—८ का १७ वर्षीय हेमराज थारु र ती किशोरी एक वर्षअघि फेसबुकमा साथी बनेका थिए ।

दुईजना फेसबुकबाटै प्रेममा परेका थिए । हेमराजले नै बोलाएपछि सार्वजनिक बस चढेर ती किशोरी मानखोला पुगेकी थिइन् । उनीहरूले साँझ मानखोलाको फूलबारीमा पुगी जन्मदिन मनाउने भन्दै मदिरा खाने र किशोरीलाई समेत खुवाउने गरेका थिए ।

किशोरी मदिराले लठ्ठिएपछि हेमराज, विक्रान्त, निराजन, प्रविण र राजकुमार थारुले बलात्कार गरेको प्रहरीले जनाएको छ । सामूहिक बलात्कारपछि बेहोस भएकी किशोरीलाई मध्यरातमै मोटरसाइकलमा राखेर बाँकेको बैजनाथ-८ पिपरीस्थित विक्रान्त थारुको बंगुर फर्ममा लगिएको थियो । त्यहाँ पनि विक्रान्त र निराजनले बलात्कार गरेका थिए ।

बलात्कारपछि बेहोस अवस्थामै भे. ३ प ३५२७ नम्बरको मोटरसाइकलको बीचमा राखेर लैजाँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । विश्वनाथ र निर्देशन थारुले मोटरसाइकलको बीचमा अर्धचेत अवस्थामा किशोरीलाई लैजादै गरेको भेटेपछि प्रहरीले सोधपुछ गरेपछि घटना सार्वजनिक भएको हो ।

प्रतिक्रिया सबै