zoom app for pc windows 10 zoom app login join meeting download zoom pro for pc zoom meeting app information download a zoom app zoom download for pc win 10
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

यौन हिंसाविरुद्ध ऐन संशोधन प्रस्ताव स्वीकृत

 सोमवार, जेष्ठ २३ २०७९  

काठमाडौं । यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको आजको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सो प्रस्तावमाथि सदनमा सामान्य छलफल भई सांसदहरुले उठाएको प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफसमेत दिएका थिए । उनले यौन हिंसासम्बन्धीका कसूरको हदम्यादका सम्बन्धमा सांसदहरुले उठाएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका थिए ।

हदम्यादका सम्बन्धमा आफू मन्त्री भएदेखि नै अध्ययन गर्न नेपाल कानुन आयोगलाई अनुरोध गरिएको र सो प्रतिवेदनलाई समेत मध्यनजर गर्दै हदम्यादको प्रावधानलाई आवश्यक सुधार गरिने उनले बताए ।

हदम्याद बढाउँदा सकारात्मक नकारात्मक परिणामलाई समेत उल्लेख गर्न भनिएको पनि उनले बताए । हदम्यादको कारणबाट न्यायबाट वञ्चित नहोस् भन्ने विषयमा सरकार गम्भीर भएको उनले बताए ।

प्रतिक्रिया सबै