free zoom download for windows 8 download cloud recording zoom zoom meeting download windows 10 laptop why my zoom app is not downloading download zoom hack app apphax zoom for download for pc
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

किन रोकियो नयाँ मन्त्री हेरफेर गर्ने योजना ?

 सोमवार, जेष्ठ २३ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नयाँ मन्त्री हेरफेर गर्ने योजना रोकिएको छ । एकीकृत समाजवादीको मन्त्री फिर्ता गर्ने निर्णय अलपत्र परेको हो । आइतबार बसेको सो पार्टीको सचिवालय बैठकले आफ्ना चार जना मन्त्रीलाई फिर्ता बोलाएर उक्त स्थानमा अन्य चार जनालाई पठाउने निर्णय गरेको थियो । तर, पार्टीले सिफारिस गरेको मन्त्रीहरुको नामबारे प्रधानमन्त्री शेरबहादुर देउवाले बेवास्ता गरेको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट मन्त्रीमा सिफारिस भएका चार जनाको नाम प्रधानमन्त्री देउवालाई बुझाएका थिए । सोमबारका लागि शपथग्रहणको व्यवस्था मिलाउनु होला भनेर अध्यक्ष नेपाल आइतबार बालुवाटारबाट बाहिरिएका थिए ।

मन्त्रिपरिषद् हेरफेरको चर्चा भए पनि सरकारबाट पार्टीले फिर्ता बोलाएका नेकपा एकीकृत समाजवादीका नेताहरुले तत्कालै प्रधानमन्त्री देउवासँग भेट गर्न चाहेका थिए तर त्यो सम्भव नभएको हो । स्रोतका अनुसार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई तत्काल मन्त्रिपरिषद्मा हेरफेर नगर्न सुझाव दिएका थिए । उनले एकीकृत समाजवादीको यो निर्णयले गठबन्धन र सरकार दुवैमा असर पर्ने भन्दै देउवालाई यस्तो सुझाव दिएको स्रोतको भनाई छ ।

सोमबार बिहानै नेकपा एकीकृत समाजवादीका चार जना मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आलेमगर र किसान श्रेष्ठले प्रधानमन्त्री देउवासँग भेट गरी मन्त्रीबाट हटाएको विषयमा गुनासो गरेका थिए । मन्त्रीहरुले आआफ्नो गुनासो राखिसकेपछि प्रधानमन्त्री देउवाले अहिले मन्त्री हेरफेर नहुने भन्दै आश्वासन् दिएका थिए । ‘तपाईहरु आआफ्नो काममा लाग्नुस् भनेर बालुवाटारबाट फर्काएका थिए । उनीहरु फर्केर आआफ्नो मन्त्रालय गएर काम गर्न थालेका छन्’, देउवाले भने । नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेमगरका अनुसार प्रधानमन्त्री देउवाले आफुहरुलाई आआफ्नो काममा लाग्न भनेर पठाएको बताए । आफू मन्त्रालयमा पुगेर नियमित काम गरिरहेको उनले बताएका छन् ।

 

प्रतिक्रिया सबै