zoom app for aa meetings http //zoom us/download zoom download for windows 8 us download zoom zoom app offline installer for pc zoom install msi - zoom install msi zoom meeting free version download for pc
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

आजको मौसम : पूर्वमा मनसुन, पश्चिममा स्थानीय वायुको प्रभाव

 मङ्लबार, जेष्ठ २४ २०७९  

काठमाडौँ । सुरुवातीमा मनसुन पूर्वी नेपालमा केन्द्रित बनेको छ ।

आइतबार पूर्वी नेपाल भएर प्रवेश गरेको मनसुन देशभर फैलने क्रममा रहे पनि पूर्वी नेपालमा वर्षा भइरहेको छ । यसबाहेक मध्य र पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बिहान प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेसका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान र मधेसका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

महाशाखाका अनुसार बुधबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेसका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया सबै