join zoom meeting with id & password zoom meeting download for pc windows 10 64bit installation failed error code 10003 zoom lil wayne zoom download zoom app for windows 11 64 bit
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

४ दिनदेखि बेपता बालिका मकैबारीमा मृत फेला

 मङ्लबार, जेष्ठ २४ २०७९  

काठमाडौं । सुर्खेतमा चार दिनदेखि हराइरहेकी एक बालिकाको शव मकैबारीमा भेटिएको छ । गुर्भाकोट नगरपालिका-५ की सात वर्षीया गृष्मा विकको शव घर नजिकैको मकैबारीमा भेटिएको हो ।

शुक्रबादेखि हराएकी गृष्माको शव मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ । बालिकाको शव मकैबारीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धानका लागि सोही ठाउँका एक जना २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल रक्तकाली गणका गणपति विमल डाँगीले बताएका छन् ।

गुर्भाकोट नगरपालिका-५ का वडाध्यक्ष लालबहादुर पुनका अनुसार गृष्मा आफ्नी हजुरआमासँग बस्दै आएकी थिइन् ।

बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । उनका बुवा मजदुरीका लागि भारत गएका छन् । आमाको भने पहिले नै मृत्यु भइसकेको छ ।

२१ गते हजुरआमासँग धारापानी गएकी उनी घर फर्किने क्रममा बाटोबाटै हराएकी थिइन् । आफन्तले सुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरे पनि नभेटिएपछि सोमबारमात्रै प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया सबै