how download zoom on computer zoom meeting download - zoom meeting download join zoom meeting with id & password reset - join zoom meeting with id & password reset install zoom for all users windows 10 zoom app download.com free download zoom cloud meeting for windows 10 legal zoom not able to download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

फोहोर फाल्न अवरोध गर्ने १४ जना पक्राउ

 मङ्लबार, जेष्ठ २४ २०७९  

काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले रोक्न खोजेपछि प्रहरीले सघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेको छ ।

नुवाकोट प्रहरी प्रमुख रामप्रकाश शाहका अनुसार फोहोर व्यवस्थापनमा अवरोध गर्नेहरूलाई पक्राउ गरिएको हो । उनले १४ जनालाई नियन्त्रणमा लिएपछि अहिले अवरोध क्लियर भएको बताए । सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो । सोही सहमतिअनुसार बन्चरेडाँडामा फोहोर पठाइएको थियो ।

सहमतिबारे आफूहरूलाई थाहा नभएको, काठमाडौंमै बसेर कुरा मिलाइएको भन्दै स्थानीय फोहोरको गाडी अवरोध गरेका हुन् ।

यसअघि मेयर बालेन साहले फोहोर बिसर्जनमा बल प्रयोग नगर्ने बताएका थिए । तर, स्थानीय जनप्रतिनिधिसँग भएको सहमति केही स्थानीयबासीले नमान्ने बताएपछि मेयर साहले प्रहरी परिचालनमा सहमति जनाएको महानगरपालिकाका एक कर्मचारीको भनाई छ ।

सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका हुन् । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।

गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ । शहरी विकास मन्त्रालयको पहलमा बसेको बैठकमा भएको सहमतिमा शहरी विकास मन्त्रालयका आयोजना निर्देशक रवीन्द्र बोहरा, काठमाडौं महागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनिबेसी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी शर्माले हस्ताक्षर गरेका थिए ।

 

प्रतिक्रिया सबै