airpods mic not working on zoom pc - airpods mic not working on zoom pc zoom meeting download for pc windows 10 64bit zoom download 64 bits windows 10 zoom meeting for pc free download download zoom recorded meetings
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

धरानका कविता र सिन्धुपाल्चोकका लिना पक्राउ

 मङ्लबार, जेष्ठ २४ २०७९  

काठमाडौं । ठगी गर्ने दुई महिला पक्राउ परेका छन् । उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएका उनीहरु मंगलबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थायी ठेगाना भइ काठमाडौंको बानेश्वर बस्ने ४२ वर्षीय कविता सुब्बा र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी घर भइ बानेश्वर बस्ने ३९ वर्षीय लिना श्रेष्ठ गिरी रहेका छन् ।

कविता सुब्बालाई उच्च अदालतले २०७६ फागुन ६ गतेका दिन ५० लाख रुपैयाँ जरिवाना गरेको थियो । यस्तै, गिरीलाई २०७६ माघ १९ गते ५४ लाख ५० हजार जरिवानाको फैसला भएको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रतिक्रिया सबै