meet zoom app htts://zoom.us/download download zoom on computer us.zoom/download download zoom.us/download
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

अदालतमा गोली प्रहार गरेर भागेका हंशराज पक्राउ

 मङ्लबार, जेष्ठ २४ २०७९  

काठमाडौं । जिल्ला अदालत नवलपरासी परिसरमै गोली प्रहार गरेर भागेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

एसपी ऋषिराम कँडेलका अनुसार आफ्नै काकी रोशनी यादवलाई लक्षित गरी एक राउण्ड गोली प्रहार गरेर भागेका हंशराज यादवलाई पक्राउ गरिएको हो ।

सोमबार दिउँसो अदालतमा अंशमुद्दाको विषयमा विवाद हुँदा उनले पेस्तोलबाट एक राउण्ड गोली प्रहार गरेका थिए । तर, उक्त गोलीले मानवीय क्षति भने भएको थिएन ।

मंगलबार दिउँसो सुनवल गाउँपालिका ९ बनकट्टीस्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट पेस्तोल, म्यागाजिन र एक राउण्ड गोली पनि प्रहरीले बरामद गरेको छ । एसपी ऋषिराम कँडेलले उनीविरुद्ध ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।

प्रतिक्रिया सबै