zoom uw download zoom conference download gratis zoom app unlimited time mmhmm app zoom join a zoom meeting by meeting number zoom download for windows 10 free download 32 bit zoom download add zoom app
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

कसरी कमाई हुन्छ इन्टरनेट चलाएर मात्रै पैसा ?

 मङ्लबार, जेष्ठ २४ २०७९  

काठमाडौं । इन्टरनेट प्रयोगबाट सङ्कलित विवरणले गुगल र फेसबुकजस्ता माध्यमहरूलाई वर्षमा अर्बौँ डलर कमाइ भइरहेको छ । किनभने उनीहरू यस्तो सूचना हामीमाथि विज्ञापन लक्षित गर्न प्रयोग गर्छन् । उदाहरणका लागि, हामीले कुनै जीन्स किन्न कपडा पसलको वेबसाइट हेर्‍यौँ भने हाम्रो स्क्रीनमा डेनिम ट्राउजरका विज्ञापनहरू देखा पर्न थाल्छन् । केही कुरा किन्ने सोच बनाउँदै गर्दा हामीले यस्तो अनुभव गरिसकेका छौँ ।

बीबीसीका अनुसार अनलाइनमा भएको यस्तो निगरानी केही हदसम्म निराशाजनक पनि छ । युरोपमा हालै गरिएको एक अध्ययनले औसत युरोपियनहरूको इन्टरनेट प्रयोगको विवरण एक दिनमा ३७६ पटक आदानप्रदान हुने देखाएको छ ।

अमेरिकामा इन्टरनेट प्रयोगकर्ताहरूको विवरण युरोपको भन्दा झन्डै दोबर ७४७ पटक आदानप्रदान हुन्छ । तर, तपाईँले इन्टरनेट प्रयोग गर्दा आफ्नो कति विवरणमा पहुँच दिने भन्ने नियन्त्रण गर्न र पहुँच दिइएका विवरणबाट पैसा पाउन थाल्नुभयो भने के होला ?

कसरी हुन्छ कमाई ?
क्यानडाको एउटा प्रविधि कम्पनी सर्फले यस्तै वाचा गरेको छ । गत वर्ष यही नामबाट ब्राउजर सार्वजनिक गरेको यो कम्पनीले इन्टरनेट चलाएबापत पैसा दिन्छ । अहिले प्रारम्भिक चरणमै रहेको यो ब्राउजरले गुगलका लाइकहरूलाई छलेर तपाईँको विवरण खुद्रा ब्र्यान्डहरूलाई दिन्छ । त्यसको साटो सर्फले तपाईँलाई निश्चित अङ्क दिँदै जान्छ। यस्तो अङ्क सञ्चित गरेर हामीले निश्चित किनमेलमा छुट पाउन सक्छौँ ।

अहिलेसम्म यस्तो अङ्कका आधारमा छुट दिनका लागि फुट लकर, द बडी शप, क्रक्स र डाइसनले सम्झौता गरिसकेका छन् । सर्फले सबै विवरणहरू परिचय नखुल्नेगरी राख्ने र हाम्रो टेलिफोन तथा इमेलसम्बन्धी विवरणहरू प्रदान नगरिने जनाएको छ। त्यसमा दर्ता हुनलाई आफ्नो नाम पनि दिइरहनुपर्दैन ।

यसमा दर्ता हुनका लागि आफ्नो उमेर, लिङ्ग र ठेगाना चाहिन्छ । त्यो पनि अनिवार्य चाहिँ होइन । सर्फले प्रदान गर्ने यस्ता विवरणहरूले ब्र्यान्डहरूलाई विज्ञापन गर्ने लक्षित समूह छनोटका लागि प्रयोग गर्छन् ।

कमाइ कति हुन्छ ?
सर्फले एक व्यक्तिले इन्टरनेटको प्रयोगबाट कतिसम्म कमाउन सक्छ भन्ने सार्वजनिक गरेको छैन । तर यो कम्पनीका अनुसार उसका प्रयोगकर्ताहरूका नाममा ९७,००० डलर सञ्चित भइसकेको छ । मानिसहरूले प्रयोग गरिने वेबसाइटहरूबाट आफ्नो विवरण लिन नमिल्ने बनाउन पनि सर्फ प्रयोग गर्न सक्छन्। जस्तै, उनीहरूले प्रयोग गर्ने निश्चित वेबसाइटहरूबारेको जानकारी ब्लक गर्न ।

सर्फ प्रयोगकर्तामध्येकी एक योर्क यूनिभर्सिटीकी विद्यार्थी अमिना अटलनूर आफूलाई यसले आफ्नो अनलाइन विवरण नियन्त्रणमा राख्न मद्दत गर्ने बताउँछिन् । तपाईँ सर्फलाई कस्तो विवरण दिने भनेर आफैँ छनोट गर्न सक्नुहुन्छ, २१ वर्षीया उनले भनिन् ।

उनले एक हप्तापछि यो चलाउँदा पनि यसमा आफ्नो अङ्क बढिरहने बताइन् । हरेक प्रविधि कम्पनीले आफ्नो विवरण सङ्कलन गरे पनि हाम्रो प्रविधि प्रयोगको अनुभवलाई सही बनाउने कुरा महत्त्वपूर्ण हुने उनले बताइन्।

सर्फका संस्थापक र प्रमुख कार्यकारी स्विश गोश्वामी सर्फ ूधेरै इन्टरनेट प्रयोग गर्नेहरूलाई पुरस्कृत गर्ने कम्पनी बन्न चाहने बताउँछन् । उनले स्थापनाबाटै आफूहरू प्रयोगकर्ताहरूले के दिने र के नदिने छान्ने र आफ्नो विवरणमा नियन्त्रण कायम गर्ने कुरामा स्पष्ट रहेको बताएका छन् ।

‘मेरो विचारमा आफू अघि सरेर मानिसहरूलाई तपाईँ ब्र्यान्डहरूलाई आफ्नो विवरण प्रदान गर्दै हुनुहुन्छ र नामथरजस्ता विवरण प्रदान गरिँदैन भन्ने हो भने मानिसहरूले सहज अनुभूति गर्छन् र हामीलाई थप जानकारी दिन तयार हुन्छन्’, उनले भने ।

अरू उद्देश्य के हुन् ?
सर्फ जिम्मेवार प्रविधिबारे बढ्दो अभियानमा संलग्न छ । यो अभियानको एक पक्ष प्रयोगकर्ताहरूलाई आफ्नो विवरणमा बढी नियन्त्रण दिनु हो । यो क्षेत्रको अर्को प्रविधि कम्पनी पनि क्यानडाकै नवप्रवर्तन कम्पनी वेभर्ली हो । यसले मानिसहरूलाई आफ्नै न्यूज फीड छनोट गर्ने अवसर दिएर गुगल र एपमाथिको परनिर्भरता कम गर्छ ।

रमाइलो गर्नदेखि पैसा कमाउनसम्म टिकटक, लत बस्यो भने, ‘मनोसामाजिक समस्याु वेभर्लीमा हामीले आफूलाई रुचि भएका शीर्षकहरू छनोट गरे पनि उसको आर्टिफिशल इन्टेलिजन्स सफ्टवेअरले रुचि हुनसक्ने विषयका समाचार र लेखहरू सिफारिस गर्छ ।’ यसका संस्थापक फिलिप बूडुआँ गुगलका पूर्वइन्जिनियर हुन् । यसका प्रयोगकर्ताहरूले आफ्नो प्राथमिकता परिवर्तन गरिरहन पनि सक्छन् र सिफारिस भएका समाचारहरूबारे प्रतिक्रिया पनि दिन सक्छन् ।

सञ्चालक बूडुआँ प्रयोगकर्ताहरूले आफ्नो रुचिका सामग्री छनोटमा केही मेहनत गर्नुपरे पनि उनीहरू विज्ञापनकर्ताहरूको जालमा पर्नबाट जोगिने बताउँछन्। जिम्मेवार प्रविधिले प्रयोगकर्ताहरूलाई सबल बनाउने हो। तर आफ्नो लागि केही काम गर्नका लागि प्रयोगकर्ताहरूलाई भन्न लजाउनु हुँदैन, उनले भने।

कसरी काम हुन्छ ?
रब शेभलको अमेरिकी कम्पनी अबिनले बनाएका दुईवटा एपले ब्लर र डिलिट मीले प्रयोगकर्ताहरूलाई आफ्नो गोपनीयताको दायरा बढाउन सहयोग गर्छन् । पहिलोले आफ्नो पासवर्ड र भुक्तानी कतैबाट पनि निगरानी गर्न नमिल्ने बनाउँछ । दोस्रोले सर्च इन्जिनहरूबाट तपाईँको व्यक्तिगत सूचना आफैँ हटाउँछ ।

शेभल इन्टरनेटको प्रयोगको ढाँचा नै गोप्य हुनुपर्ने धारणा राख्छन्। अक्सफर्ड विश्वविद्यालयकी उपप्राध्यापक करिसा भेलिज प्रविधि कम्पनीहरूले व्यक्तिगत विवरणको शोषणमा निर्भर रहनेभन्दा भिन्न खालको व्यापारिक ढाँचा निर्माण गर्नुपर्ने बताउँछिन् । चिन्ताको विषय के हो भने हाम्रो जीवनलाई निकै प्रभावित गरिरहेका अधिकांश अल्गोरिदमहरू कुनै पनि अनुगमन र निर्देशिकाबिना निजी कम्पनीले उत्पादन गरिरहेका छन्,ू उनले भनिन्।

पारदर्शिता समाधान हो वा आधा समाधान हो भन्ने मलाई लाग्दैन । मुख्य कुरा नीतिनिर्माताहरूमा यस्तो अल्गोरिदममा पहुँच हुनु जरुरी छ, उनले भनिन् । गुगलले यसबारे प्रश्न उठाउँदा निजी विज्ञापन समाधानका लागि उसले सुरु गर्न लागेको नयाँ प्रिभेसी स्यान्डबक्स अभियानलाई देखाउँदै आएको छ ।

‘त्यही कारण हामीले नियामक निकाय र वेब समुदायसँग साझेदारी गरेर अनलाइनमा मानिसहरूको गोपनीयताको अभिवृद्धिमा प्रिभेसी स्यान्डबक्समार्फत् प्रविधिको विकास गरिरहेका छौँ’, गुगलका एक प्रवक्ताले भने । ‘यो वर्षको अन्त्यतिर हामी माई एड सेन्टर सुरु गर्दै छौँ जसले विज्ञापनहरू नियन्त्रण गर्न र गोपनीयता कायम राख्न मानिसहरूलाई अझ प्रत्यक्ष पहुँच दिन्छ’, उनले भने । बीबीसी

 

प्रतिक्रिया सबै