zoom app for windows 11 64 bit is zoom installer exe safe zoom us join meeting app free zoom windows app download for pc zoom cloud meeting app free download for pc - zoom cloud meeting app free download for pc
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

एसियन कप छनोटमा आज नेपाल जोर्डनसँग भिड्दै

 बुधबार, जेष्ठ २५ २०७९  

काठमाडौँ । जोर्डनविरुद्धको खेलसँगै नेपालले आजबाट कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ ।

कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानीय समयअनुसार सवा १० बजे अर्थात् नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ ।

नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी तथा कप्तान नवयुग श्रेष्ठले बलियो टोली जोर्डनलाई कडा टक्कर दिने बताएका छन् । हाल २३ खेलाडीसहित ३३ सदस्यीय नेपाली टिम कुवेत सिटीमा छ । हालसम्म नेपाल र जोर्डनबीच चार पटक प्रतिस्पर्धा भएको छ । एक खेल बराबरीमा सकिएको छ भने ३ खेल जोर्डनको पक्षमा गएको छ ।

पछिल्लो समय प्रशिक्षक खेलाडी विवादका कारण नेपाली टिममा अनुभवी ११ खेलाडी रहेका छैनन् । कप्तान किरण कुमार लिम्बू, अन्जन विष्ट, सुजल श्रेष्ठ, विमल घर्ति मगर लगायत खेलाडी टिम बाहिर छन् । युवा खेलाडीले जोर्डनविरुद्ध प्रमाणित गर्ने अवसर रहेको प्रशिक्षक अल्मुताईरीले बताएका छन् ।

जोर्डनपछि नेपालले घरेलु टोली कुवेत र इन्डोनेसियासँग खेल्नेछ ।

प्रतिक्रिया सबै