zoom old version download install zoom app on my computer zoom recording audio not working windows 10 how download zoom on computer download zoom 5.6
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

यस्तो छ लुम्बिनीको नीति तथा कार्यक्रम (पूर्णपाठ)

 बुधबार, जेष्ठ २५ २०७९  

काठमाडौं । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

१८६ बुँदे नीति तथा कार्यक्रममा सुशासन कार्यक्रममा हेलो मुख्यमन्त्री, शैक्षिक सुधारका लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, समावेश गरिएको छ । डिटिलल प्रदेश निर्माणको कार्यक्रम पनि अगाडि बढाइएको छ ।

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले सम्बन्ध सुधार र अन्तर्राष्ट्रिय गौतम बुद्ध एयरपोर्ट सञ्चालनले लुम्बिनीको समृद्धिलाई पूणर्ता दिन थालेको भनिएको छ ।

प्रदेश सभाले निर्धारित गरेको राजधानीलाई समेटी नयाँ नगरपालिकाको रूपमा विकास गर्ने प्रक्रियाको थालनी गरिने पनि बताइएको छ । राजधानी तोकिएको स्थान अहिले राप्ती गाउँपालिकामा पर्दछ ।

यसै गरी कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित प्रदेश, लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवका आयोजनामा राखेर नमुना आयोजनाका रूपमा निरन्तरता दिइने, यी दुई अस्पतालमा क्यान्सर तथा मुटु रोगको उपचार ग्यारेन्टी, ओपिडी र जनरल बेड निःशुल्क गरिने र बुटवलमा मेडिकल कलेज बनाइने, राजधानी क्षेत्र रहेको दाङको लालमटियामा ५० शय्याको अस्पताल बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । क्यान्सर तथा मुटुरोगीलाई २ लाख दिइने नयाँ योजनामा समेटिएको छ ।

नीति तथा कार्यक्रममा छोरी शिक्षा कार्यक्रम, कृषिको आधुनिकीकरण र किसानको उत्पादनको बिक्री ग्यारेन्टीको योजना, रुपन्देहीको मोतीपुर बाँकेको नौवस्ता र दाङको लक्ष्मीपुरमा औद्योगिक क्षेत्र निर्माणमा पहल गरिने, बुद्ध जन्मस्थलमा पर्यटक बढाउन वृहत् बुद्ध सर्किटको योजना बनाइने, बसाइसराइलाई निरुत्साहित गर्न योजना बनाइने र प्राविधिक शिक्षालाई प्राथमिकता दिइने, प्रदेश विश्वविद्यालयलाई प्राथमिकता साथ निर्माण गरिने, रुपन्देहीको मर्चवार, बर्दियाको गेरुवा र प्युठानमा प्राविधिक शिक्षालय बनाइने, एक स्थानीय तह एक खेल मैदान तयार गरिने योजना समेटिएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ

प्रतिक्रिया सबै