why is my second monitor zoomed in windows 10 zoom chat download zoom recording download format free installation of zoom zoom download for windows 10 - zoom download for windows 10 join zoom meeting with id & passwords list zoom web sdk sample app zoom meeting join a meeting online test
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

गिजाबाट रगत बग्न नदिन के गर्ने ?

 बुधबार, जेष्ठ २५ २०७९  

काठमाडौं । सामान्यतया तथा कहिलेकाहीँ कडा ब्रसले दाँत माझ्दा, जुन पायो त्यही मञ्जनले दाँत माझ्दा, गिजामा चोटपटक लागेमा रगत आउन सक्छ । गिजाबाट रगत बग्ने समस्याले धेरैलाई सताएको हुन्छ । त्यस्तै धेरै चिसो, अनि तातो खानेकुरा खाँदा, केही रासायनिक औषधि आदिको प्रयोगले पनि गिजाबाट रगत आउँछ । यद्यपि यी बाहेक अन्य समस्याका कारण गिजाबाट रगत आएमा सामान्य मान्न नहुने विशेषज्ञहरु बताउँछन् ।

त्यस्तै, मुखको सफाइ नभएमा, मुखमा सङ्क्रमण भएमा, ल्यूकेमिया आदिले गिजाबाट रगत बग्ने गर्छ । गुणस्तरीय खानपान नहुँदा तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा पनि गिजाबाट रगत बग्ने गर्छ । अन्य व्यक्तिलाई भन्दा सुर्तीजन्य पदार्थ खाने तथा धुम्रपान गर्नेहरुमा गिजाबाट रगत आउने समस्या बढी देखिन्छ ।

गिजाबाट रगत बग्ने कुरालाई सामान्य रूपमा लिन हुदैन । उपचारमा ध्यान नदिए सङ्क्रमणले ठूलो रूप लिन सक्छ । गिजा कमजोर हुँदा दाँत हल्लिने र झर्ने समस्या आउन सक्छ ।

गिजामा रोग लाग्ने मुख्य कारण

विशेषत गिजामा रगत अर्थात् सङ्क्रमण धूम्रपान गर्नेलाई बढी हुने गर्दछ । दाँतको उपचार गरेपनि गिजाको उपचारमा भने धेरैले त्यति ख्याल गर्दैनन् । मुखको स्वास्थ्यलाई अझै पनि गम्भीर ढंगले नलिंदा गिजामा जटिल समस्या देखिने हुन्छ ।

हर्मोनको गडवडी, ब्लड क्यान्सर हुँदा, सुगर नियन्त्रण नहुँदा पनि गिजाबाट रगत बग्छ । त्यस्तै मुख स्वास्थ्यमा ध्यान नदिँदा अर्थात् खाना खाइसकेपछि कुल्ला नगर्ने, नियमित ब्रस नगर्नेहरुको गिजाबाट रगत बग्छ ।

गिजाबाट रगत बग्न नदिन के गर्ने ?

गिजामा समस्या आउन नदिन गुणस्तरीय खानामा जोड दिनुपर्छ । कार्बोहाइड्रेट भएको खाना खाइसकेपछि नियमित रूपमा कुल्ला गर्ने बानी अनिवार्य रूपमा बसाल्नुपर्छ ।

यस्तै, धेरैले सही तरिकाले दाँत सफा गर्दैनन् । धेरैले मुखको तल्लो भाग र माथिल्लो भागमा मात्रै ब्रस गर्छन् । ब्रस गर्दा दाँतका पाँचवटा भाग सफा गर्ने । ब्रस बिहान उठ्ने बित्तिकै र राति सुत्नुअघि गर्नुपर्छ ।

दीर्घरोगी वा कुनै रोगका पीडितले सकेसम्म बिहान उठ्ने बित्तिकै र खाना खाए लगत्तै ब्रस गर्नु उपयुक्त हुन्छ । विज्ञापनमा प्रचारप्रसार गरिएजस्तो मञ्जनले मात्रै कीटाणु मर्दैनन् । खासमा मुख भित्रका कीटाणु मार्ने एन्टी ब्याक्टेरियल प्रोपर्टी हाम्रो थुकमा नै हुन्छ । विज्ञापनको पछाडि लागेर जुन पायो, त्यही मञ्जन प्रयोग गर्न हुँदैन ।

प्रतिक्रिया सबै