download zoom pc windows 10 zoom download for laptop free zoom like app is it safe to download zoom zoom download recording firefox zoom classroom download for pc why is zoom not working on my hp laptop zoom client app download free
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

नेपाल जोर्डनसँग पराजित

 बिहिबार, जेष्ठ २६ २०७९  

काठमाडौँ ।  एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २-० अन्तरले पराजित भएको छ ।

बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा  पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन । जोर्डनको जित अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे ।

जितसँगै जोर्डनले पहिलो खेलबाट ३ अङ्क जोडेको छ  । नेपाल बिनाअंक समूह बीको पुछारमा छ । आजनै भएको खेलमा आयोजक कुवेत इन्डोनेसियासँग १-० ले पराजित भयो ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुतारीले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको र जोर्डनलाई रोक्न असफल भएको बताए । यस खेलमा दीपसँगै बिकास तामाङले समेत नेपालका लागि डेब्यु गरेका छन् । सेन्ट्रल ब्याक बिकास पूरा समय मैदानमा बिताएका थिए ।

 

प्रतिक्रिया सबै