zoom download all recordings usfca zoom download zoom app for window 10 zoom meeting logins - zoom meeting logins basic zoom download download zoom 5.4.6
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

नेपालद्धारा मलेसिया २५ रनले पराजित

 बिहिबार, जेष्ठ २६ २०७९  

काठमाडौं । नेपाली युवा महिला टोलीले आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा मलेसियालाई २५ रनले पराजित गरेको  छ ।

मलेसियामै जारी एसिया छनोटमा नेपालले आज बांगीस्थित यूकेएम–वाईएसडी क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८६ रन बनायो । ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो ।

जितसँगै छनोटमा नेपालको सुखद अन्त्य भएको छ । तेस्रो स्थान हासिल गरेको छ । नेपालले पाँचमध्ये तीन खेल जित्यो । दुई खेल हायो । नेपालले पाँच खेलमा ६ अंक जोड्यो ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा आठ रनमा अलआउट भएपछि नेपाल यूएईसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । चौथो खेलमा थाइल्यान्डसँग ४९ रनले हारेको थियो । मलेसिया पाँच खेलबाट ४ अंक जोडेर चौथो स्थानमा छ ।

 

प्रतिक्रिया सबै