अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१६.५ ग्राम सुनसहित एक व्यक्ति पक्राउ
बिहिबार, जेष्ठ २६ २०७९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१६.५ ग्राम सुनसहित एक व्यक्ति पक्राउ परेका छन् ।
आज बिहान कतार एयरवेजको उडानबाट काठमाडौं आएका धनुषा घर भएका ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार विमानस्थल भन्सार कार्यालयमा यात्रु चेकजाँचको क्रममा उनले लगाएको भित्री वस्त्र (अण्डरवेयर) भित्र लुकाएर राखिएको अवस्थामा ४६६.५ ग्राम बिस्कुट आकारको सुन थान—४ थान र ५० ग्रामको सिक्री गरी ५१६.५ ग्राम नियन्त्रणमा लिइएको हो ।
प्रतिक्रिया
सबै