zoom download recording api zoom download all users download zoom .msi zoom app cloud meeting download for pc join zoom meeting online free
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

४ दिने भ्रमणमा अमेरिकी सैनिक जनरल आज नेपाल आउँदै

 बिहिबार, जेष्ठ २६ २०७९  

काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन ४ दिने औपचारिक भ्रमणमा नेपाल आउँदै छन् ।

बिहीबार दिउँसो सद्भावना भ्रमणमा चाल्र्स ए फ्लिन नेपाल आउन लागेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताएका छन् ।

फ्लिन सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्रको प्रमुख छन् । शुक्रबार सैनिक मुख्यालयमा प्रधान सेनापति प्रभुराम शर्मा र अमेरिकी जनरलको बीचमा भेटवार्ता हुँदैछ । प्रधानसेनापतिले सैनिक जनरलको सम्मानमा शुक्रबार रात्रिभोज आयोजना गरेका छन् ।

चाल्र्स ए फ्लिन जेठ २८ मा माउन्टेन फ्लाइटमा जाने कार्यक्रम छ । जेठ २९ मा वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखाल र शिवपुरीस्थित सेनाको कमाण्ड एण्ड स्टाफ कलेज भ्रमण गरेर उनी अमेरिका फर्कनेछन् ।

प्रतिक्रिया सबै