zoom download nederlands zoom free download windows install zoom client download zoom login app download - zoom login app download why is my zoom showing connecting how do you get the zoom app zoom installation failed error 3000
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

घरभित्रको यौनजन्य क्रियाकलाप भिडियो भाइरल !

 बिहिबार, जेष्ठ २६ २०७९  

काठमाडौं । हङकङमा एक घरभित्रको यौनजन्य क्रियाकलाप बाहिरका व्यक्तिले भिडियो खिचेर भाइरल बनाइदिएको छ । उक्त घरको बाल्कोनीमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ पनि गरेको छ ।

उनीहरुको यौन क्रियाकलापको भिडियो अनलाइनमा सार्वजनिक भएसँगै प्रहरीले ३६ वर्षीया एक महिलालाई पक्राउ गरेको हो । हङकङको पहिला मुक टाइ स्ट्रिटस्थित आवासीय भवनको बाल्कोनीमा दिउँसै यौनक्रिडा गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । अहिले ती महिलाको पुरुष साथीको खोजी चलिरहेको प्रहरीले जनाएको छ ।

बुधबार हङकङ प्रहरीको आपराधिक अनुसन्धान एकाइले मुक टाइ स्ट्रिटबाट ३६ वर्षीया महिलालाई पक्राउ गरेको हो । उनलाई सार्वजनिक स्थलमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको हो । हङकङमा यस किसिमको आरोपमा ७ वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ ।

सार्वजनिक स्थल वा सार्वजनिकरुपमा देखिने स्थलमा अश्लीलता प्रदर्शन गरेको अवस्थामा ६ महिलासम्मको जेल सजाय हुन सक्ने र एक हजार हङकङ डलर जरिवाना हुन सक्ने हङकङको कानुनमा व्यवस्था छ ।

त्यसका साथै उनीहरुको भिडियो खिचेर अनलाइनमा सार्वजनिक गर्ने मानिसलाई पनि तीन वर्षको जेल सजाय र १० लाख हङकङ डलर बराबरको जरिवाना हुन सक्ने प्रहरीले बताएको छ । प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको र यस विषयमा अन्य मानिस पनि पक्राउ पर्न सक्ने उल्लेख गरेको छ । अहिले महिलालाई धरौटीमा रिहा गरिएको छ र उनले अर्को महिला प्रहरीमा उपस्थित हुनुपर्नेछ ।

प्रतिक्रिया सबै