download zoom 5 download zoom windows 10 pro 64 bit is ggd test pcr download zoom us app for windows pc requirements for zoom - pc requirements for zoom zoom update download zoom install download msi - zoom install download msi
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

त्रिविको तालाबन्दी खोल्न माग गर्दै अनेरास्ववियुद्धारा प्रदर्शन

 बिहिबार, जेष्ठ २६ २०७९  

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न माग गर्दै प्रदर्शन गरेको छ । कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयबाहिर अनेरास्ववियुका कार्यकर्ताले तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेपाली कांग्रेसको विद्यार्थी संगठनले त्रिभुवन विश्विद्यालयमा तालाबन्दी गरेको साढे ४ महिना भन्दा बढी समय भइसकेको छ । तर, अहिलेसम्म तालाबन्दी नखुल्दा विश्वविद्यालयको काम प्रभावित भएको अनेरास्ववियुले जनाएको छ । विद्यार्थीहरुले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध पनि नाराबाजी गरेका छन् ।

उनीहरुले त्रिविको गुण्डागर्दी बन्द गर, विश्वविद्यालय शान्ति क्षेत्र कायम गर जस्ता नारा लगाएका थिए । अनेरास्ववियुले बुधबार एक विज्ञप्ति जारी गरी विश्वविद्यालयको ताला तीन दिनभित्र नखोले तोड्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया सबै