app. zoom download zoom 5.8.3 download zoom cloud meeting app for pc zoom download w10 zoom account login uk - zoom account login uk zoom com download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

कुमारी बैंक र सुप्रिम डेन्टलबीच सम्झौता

 बिहिबार, जेष्ठ २६ २०७९  

काठमाडौं । कुमारी बैंक लिमिटेड र काभ्रे, बनेपास्थित सुप्रिम डेन्टल केयरबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले डेन्टल केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५ प्रतिशित, ओर्थोदोंतीक्समा १० प्रतिशत पेदोदोंतिक्समा १५ प्रतिशत प्रोसथोदोंतिक्समा १५ प्रतिशत, एण्डोदोंतिक्समा १५ प्रतिशत, र डेन्टल इम्प्लान्ट्समा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट स्थानीयका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता पनि जनाएको छ ।

प्रतिक्रिया सबै