32 bit zoom download join zoom meeting with id & password manager zoom x64 download join zoom meeting with id download zoom cloud meetings app for windows 10
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

मन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमै हातपात

 बिहिबार, जेष्ठ २६ २०७९  

काठमाडौं । सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात भएको छ । जसपाका सांसद रामबाबु यादवले मन्त्री यादवमाथि हातपात गरेका हुन् ।

बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि हातपात गरेका हुन् । मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए ।

तर, मन्त्री श्रेष्ठका स्वकीय सचिव सुरज महर्जनले मन्त्रीमाथि हातपात भएको नभई चर्काचर्की मात्र भएको बताएका छन् । ‘चर्काचर्की मात्र भएको हो, हात हालाहाल भएको भन्ने कुरा हल्ला मात्र हो’, उनले भनेका छन् ।

जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए । श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बनेका हुन् ।

प्रतिक्रिया सबै