१३ माघ २०७९, शुक्रबार Friday 27 January, 2023

गर्मीमा कस्तो खानेकुरा खाने ?

 बिहिबार, जेष्ठ २६ २०७९  

काठमाडौ । गर्मीमा पाचन प्रक्रिया सुस्त हुन्छ । शरीरलाई बढी तात्न नदिनका लागि जठराग्नि मन्द हुन्छ । यस्तो अवस्थामा भोक कम लाग्छ र हलुका खानेकुरा खान मन लाग्छ । गर्मीमा अमिलो, नुनिलो र तीखो खानेकुरा खान हुँदैन । यसले पित्तदोष अर्थात् शरीरमा ताप बढाउँछ ।

प्राकृतिक रूपमा गुलियो भएका फल र नटुक्य्राइएका अनाज खानुपर्छ । आँपले वात, पित्त र कफ तीनैलाई सन्तुलनमा राख्छ । पाकेको आँपले ऊर्जा बढाउँछ भने काँचो आँपमा अमिलो तथा शीतल बनाउने तत्त्व हुन्छन् । स्याउको स्वाद गुलियो हुन्छ र यसले पनि शरीरलाई ठण्डा राख्न मद्दत गर्छ । शारीरिक प्रणालीलाई चिसो बनाउन यो उपयोगी छ । नास्पातीले पित्त दोष र अम्लपन घटाउँछ किनकि यो शीत प्रकृतिको हुन्छ ।

तरबुजामा पानीको मात्रा भरपूर हुन्छ र यसले शरीरलाई चिसो बनाउँछ अनि शरीरबाट विषाक्त तत्त्व बाहिर निकाल्छ। आरुले शरीरको अग्निमा सुधार ल्याई भोक बढाउँछ र पाचन पनि दह्रो बनाउँछ । अमलाको रस भिटामिन सीको राम्रो स्रोत हो र यसले पित्तलाई सन्तुलनमा राख्छ । यो एन्टीअक्सिडेन्ट पनि हो र गर्मीमा यो महत्त्वपूर्ण पेय पदार्थ हो ।

कागतीको रसले शरीरमा पानीको मात्रा कायम राख्न मद्दत गर्छ । नीमको रस तीतो हुन्छ र यसले गर्मीमा छालाको संक्रमण घटाउन मद्दत गर्छ । बुर्काउली, फर्सी, हरियो सागपात, लौका पनि गर्मीमा स्वस्थ राख्न मद्दत गर्ने खानेकुरा हुन् ।

प्रतिक्रिया सबै