download zoom pc 64 bit na zoom meeting join zoom meeting - na zoom meeting join zoom meeting zoom 64 bit download for windows 10 zoom installer for all users visit zoom.us/download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

 शुक्रबार, जेष्ठ २७ २०७९  

काठमाडौं । सप्तरी र महात्तरीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामामा हिजो साँझ ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका ३ बरमझियाका ३० वर्षीय चन्देश्वर दासको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ना २ ख ९२१० नम्बरको ट्रकले हिजो साँझ सवा ६ बजे उनी सवार साइकललाई ठक्कर दिएको थियो ।

महोत्तरीको बर्दिबास नगरपालिका ३ कारेभोगटे पुलमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

ना ५४ प ८९५४ नम्बरको मोटरसाइकल हिजो साँझ पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको हो । गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार सर्लाहीको ईश्वरपुर नगरपालिका ३ का २६ वर्षीय सूर्य कुमार मिस्त्रीको उपचारका क्रममा बर्दिबासस्थित जनसेवा अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालक २५ वर्षीय निरज मिस्त्रीको सोही अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ ।

काठमाडौंको नागार्जुन नगरपालिका ४ बाफलमा गएराति ट्रिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते भएका अन्दाजी ४० बर्षीय पुरुषलाई उपचारको लागि स्वयम्भूस्थित मनमोहन अस्पताल पठाइएको छ ।

कलंकीबाट बाफलतर्फ आउँदै गरेको बा ४ ख ६२९ नम्बरको ट्रिपरले गएराति पौने १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया सबै