zoom client meeting download download zoom on desktop windows 10 zoom meeting join a meeting today ok - zoom meeting join a meeting today ok why rt pcr takes time pinch-zoom-jquery free download zoom teleconference download zoom app amazon zoom downlead
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति लाग्छ ? (सूचीसहित)

 शुक्रबार, जेष्ठ २७ २०७९  

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहेक तथा मालबाहेक सवारीको भाडादर बढेको जानकारी गराएको हो । ११ जेठमा मात्रै विभागले गाडी भाडा २ प्रतिशतले घटाएको थियो ।

नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो । इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा ११ जेठबाटै लागू हुने भएको छ ।

यात्रुबाहेक सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको विभागले जनाएको छ । पहाडी बाटोमा चल्ने मालबाहेक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहेक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ । अब प्रदेशहरुले पनि यसकै आधारमा छोटो दुरीको सवारी भाडा बढाउनेछन् ।

 

यस्तो छ सूची

प्रतिक्रिया सबै