zoom 2 download zoom online meeting join from browser - zoom online meeting join from browser zoom download nz zoom version 5.5.0 download download zoom_amd64.deb
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

प्रधानसेनापति शर्मा र इण्डोनेसियाका गैरआवासीय राजदूतबीच भेटवार्ता

 शुक्रबार, जेष्ठ २७ २०७९  

काठमाडौं । नेपालको लागि इण्डोनेसियाका गैरआवासीय राजदूत हेरु हार्टएन्टो सुबोलोले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका छन् ।

शुक्रबार सैनिक मुख्यालय जंगी अड्डा उनले प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् ।

नेपाली सेनाले प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएकोे जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया सबै