down zoom app zoom app charges app zoom zoom filter download free zoom pc vn download aplikasi zoom for pc htt://zoom.us/download
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

प्रहरी महानिरीक्षक सिंहद्वारा अस्पतालको निरीक्षण

 शुक्रबार, जेष्ठ २७ २०७९  

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल शुक्रबार निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले अस्पतालस्थित अक्सिजन प्लान्ट, पूर्व प्रहरी अधिकृत प्रतिक्षालय, फिजियो थेरापी विभाग, क्लिनिकल प्रयोगशाला, अपरेशन थिएटर, आईसीयू, सीसीयू, विभिन्न वार्डहरू लगायत विभिन्न यूनिटहरूको अवलोकन गरे ।

निरीक्षणको क्रममा प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक सिंहले अस्पताल प्रशासन तथा कार्यरत कर्मचारीहरू संवेदनशील हुनुपर्ने बताए । उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा अस्पतालले दर्जागत विभेदविना समानता
कायम गरी असल व्यवहार, उचित परामर्श, सहानुभूतिपूर्ण उपचारको माध्यमबाट सेवामा सबैको सरल र सहज पहुँच हुने वातावरणको सुनिच्चितता गर्नुपर्ने उल्लेख गरे ।

महानिरीक्षक सिंहले नेपाल प्रहरी अस्पताल प्रहरी संगठनको एक अत्यन्त महत्वपूर्ण अंग भएकोले यसको गरिमा र साखलाई कायम राख्न सौहार्दता र हार्दिकता कायम राख्दै आ-आफ्नो जिम्मेवारीप्रति कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन पनि दिए ।

उक्त अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुखबाट प्राप्त निर्देशनलाई पालना गर्दै काम गर्न प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया सबै