download blur zoom brood war download vn zoom zoom download exe zoom client app pc - zoom client app pc mtransition zoom free download zoom sign up download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

रवि लामिछानेको दाइ हरिशरणद्वारा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

 शुक्रबार, जेष्ठ २७ २०७९  

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेका दाजु हरिशरण लामिछानेले संसदीय चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

रेडियो नेपालका समाचारवाचक लामिछानेले काठमाडौं वा काभ्रेबाट स्वतन्त्र उम्मेदवारी दिने अनौपचारिक घोषणा गरेका हुन् । दुई दिनअघि सामाजिक सञ्जालमा उनले आफूलाई अन्तस्करणले सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेस हुन प्रेरित गरेको बताएका थिए ।

‘परिवर्तन सम्भव छ भन्ने मान्यतासहित आगामी संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छु, सबैको साथ र समर्थनमा यो अभियानमा होमिने छु,’ उनले लेखेका छन् । उनले आफू काभ्रे वा काठमाडौंमध्ये एक जिल्लाबाट चुनाव लड्ने बताएका छन् । उनको गृहजिल्ला काभ्रे हो भने कार्यक्षेत्र काठमाडौं हो ।

केही स्वतन्त्र उम्मेदवारहरूले टिम नै बनाएर अगाडि बढ्ने गृहकार्य गरिरहेकाले आफूले पर्खेको पनि उनको भनाई छ । ‘म कसैसँग सम्पर्कमा त आइसकेको छैन, तर स्वतन्त्रहरू मिलेर जाँदा राम्रो हुन्छ भन्नेमा म पनि सहमत छु,’ उनले भनेका छन् ।

हरिशरणका भाइ रवि लामिछानेले पनि निर्वाचनमा उठ्नेबारे चर्चा भएको छ । हरिशरणले भने रवि चुनाव लड्ने सम्भावना कम रहेको संकेत गरेका छन् ।

हरिशरण ३ दशकभन्दा लामो समयदेखि सञ्चारक्षेत्रमा छन् । उनले रेडियो नेपालमा समाचारवाचकको रूपमा जागिर सुरु गरेको नै करिब ३० वर्ष भइसक्यो । हाल उनी रेडियो नेपालका प्रधान सम्पादक हुन् ।

रेडियो नेपालको जागिर छोडेर राजनीतिमा आउने हरिशरणको तयारी छ । उनी भन्छन्, ‘उम्मेदवारीको औपचारिक घोषणासँगै रेडियो नेपालको जिम्मेवारीबाट अलग हुन्छु ।’ सरकारले संसदीय निर्वाचनको मिति घोषणा गरेपछि आफूले पनि उम्मेदवारीको औपचारिक घोषणा गर्ने उनको भनाई छ ।

यो पनि

चुनाव लड्ने तयारीमा रवि लामिछाने

प्रतिक्रिया सबै