zoom for home download zoom download link for windows zoom computer download how do you work zoom app zoom cloud meeting for pc 64 bit download zoom cloud meeting download for pc windows 10 64 bit zoom app meeting download cloud zoom 3.1 download free
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

प्रचण्डप्रति ओलीको कटाक्ष : एमालेजत्रो भए माओवादीले मान्छे कुट्दै हिँड्थ्यो होला

 शुक्रबार, जेष्ठ २७ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कतिपयले कांग्रेसलाई एमालेको हालत बनाइदिने भनेर धम्की दिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यंग्य गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले हालै एक सार्वजनिक कार्यक्रममा कांग्रेसमा दम्भ देखिए एमालेको जस्तो हालत बनाउने चेतावनी दिएका थिए ।

मोरङमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसले घमण्ड नगरोस्, घमण्ड गर्यो भने एमालेकै हालत बनाइदिन्छु । एक जनले धाक लगाएको सुनियो’, प्रचण्डको नाम नलिई ओलीले भने, ‘तिनको उचाई कति छ भनेको कम्मर कम्मर अलि पुग्दा रहेनछन् । धाक चाहिँ कत्रो थियो भने कांग्रेसले घमण्ड नगरोस्, एमालेको हालत बनाइदिउँला । आफ्नो हालत के छ भन्दा घुँडाघुँडा । यस्ताले धाक लगाउँछन् एमाले जस्तो बनाउने ।’

यस्तै उनले माओवादीले एमाले जस्तो भए मान्छे कुट्दै हिड्ने पनि बताए । ‘एमाले जस्तो हुन पाए के गर्थे होलान् तिनले ? मान्छे कुट्दै थिड्थे । पहिले मान्छे मार्दै हिँडेको होइन ?,’ ओलीले भने, देशको सबभन्दा ठूलो बनाउन पाए के खोज्थे !’

आफ्नो दल अरु पार्टीहरुसँग तुलना गर्न नसक्ने गरी मजबुत बनको प्रमाणित भएको भन्दै उनले सिटमा थोरै थलमाथि भए पनि एमाले सबभन्दा ठूलो पार्टी भएको बताए । स्थानीय चुनावमा लोकप्रिय भोट सबभन्दा बढी एमालेले पाएको भन्दै उनले भने, ‘सिटमा अतिकति तलमाथि भयो होला । तर त्यो जम्मा सिट आफ्नो भोटले होइन । यो थालमा जुठा गाँसहरु परेका छन् । नेकपा एमाले त्यस्तो होइन, आफ्नै भोट छ ।’

प्रतिक्रिया सबै