zoom installation error 10088 zoom app for windows 10 pc download zoom desktop client for windows zoom desktop client for windows version 5.2.0 download best zoom app zoom client meeting download zoom hd16 recovery cd download download zoom attendance list
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

मन्त्री फेर्ने निर्णय कार्यान्वयन नभएको भन्दै झलनाथ खनालद्वारा आपत्ति

 शुक्रबार, जेष्ठ २७ २०७९  

काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले मन्त्री फेर्ने पार्टीको निर्णयलाई ततकाल कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुले राखेका जिज्ञसाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका हुन् । उनले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दवाव दिए ।

आफ्नो पार्टीले मन्त्रीहरुलाई हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उनले बताए । ‘मैले धेरै पटक यसको जवाफ दिइसके । यसमा हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ । नेकपा एकीकृत समाजवादीले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ । अरु कुनै विकल्प छैन’, उनले भने ।

सम्मानित नेता खनालले कमसेकम मुलुकको अग्रगमन हुने गरी आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराए । बजेट बाँडफाँडका विषयमा कतिपय कुराहरु नमिलेको उल्लेख गर्दै त्यसलाई मिलाउन पनि सरकारसँग उनले माग गरे ।

 

प्रतिक्रिया सबै