http //zoom.us/download#client_4meeting zoom guitar lab 5.0 download zoom download for pc free zoom app for windows 10 home zoom pcr testing reviews
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

धरानमा आविष्कार केन्द्रको शाखा खोल्ने हर्क साम्पाङको घोषणा

 शुक्रबार, जेष्ठ २७ २०७९  

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकबाट उनले धरानमा पनि राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गरिने जानकारी दिएका हुन् ।

‘राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना गरिने छ । हामी गृहकार्यमा जुट्दैछौँ’, उनले भनेका छन् । राष्ट्रिय आविष्कार केन्द्र सामाजिक अभियन्ता तथा वैज्ञानिक महावीर पुनको नेतृत्वमा २०७६ कात्तिकदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा सञ्चालनमा आएको छ । जसले वैज्ञानिक, स्टार्टअपसहित उद्यमशीलताको क्षेत्रमा खोज, अनुसन्धान र विकास गर्दै आएको छ ।

तर, आविष्कार केन्द्रका संस्थापक पुन अहिले आफूलाई यसबारे कुनै जानकारी नभएको बताएका छन् । यद्यपि मेयर साम्पाङको पहल सकारात्मक रहेको उनको भनाई छ ।

यस्तै उनले आविष्कार केन्द्रको शाखा खोल्नलाई आफ्नो सर्त रहेको पनि बताएका छन् । ‘कुरा सकारात्मक हो । उहाँहरूले त्यसै खोल्छु भनेर हुँदैन, मेरो सर्त छ, मेरो सर्त मान्नुपर्छ अनि मात्र खोलिन्छ । आफैँ आफ्नो हिसाबले खोल्नुहुन्छ भने बेग्लै कुरा हो ’ उनले भनेका छन् । आफ्नो उद्देश्य धेरै शाखा खोलेर व्यापार गर्ने नभएको पनि उनले स्पष्ट पारे । अहिलेसम्म राष्ट्रिय आविष्कार केन्द्रको कुनै शाखा नभएको उनले बताए ।

प्रतिक्रिया सबै