अमेरिकी सेनाका कमान्डर र प्रधानमन्त्रीबीच भेटघाट
शुक्रबार, जेष्ठ २७ २०७९

काठमाडौं । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लायनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा देउवा—फ्लायनबीच शिष्टाचार भेट भएको छ । भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
फ्लायनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए ।
प्रतिक्रिया
सबै