नाडाको सहकार्यमा अटोमोबाइल्सलाई प्रशिक्षण

काठमाडौं । नाडाअटोमोवाइल्स एसोसिएसन अफ नेपालको सहयोग र सहकार्यमा तथा लुम्बिनी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा लुम्बिनी तथा नेपालगन्ज क्षेत्रका अटोमोवाइल्स व्यवसायीहरुको लागि कर, भन्सार तथा भिसिटीएस ट्रेनिङ सम्पन्न भएको छ।
शुक्रबार बुटवलको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना भएको ट्रेनिङ कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यहरु सहित १२५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैँ देश भर छरिएर रहेका सदस्यहरुको समस्यासँग जुध्न र उनीहरुको क्षमता अभिवृद्धि गर्न लागिपरेको बताएका छन् ।
राजस्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भीसीटीएस व्यवसायीकै हकहितको लागि भएको बताउँदै सबैलाई यसको विषयमा जानकारी रहनुपर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । उनले कर छल्ने प्रवृतिपूर्णरुपमा हट्नुपर्ने विषयमा व्यवसायीलाई सचेत गराए ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका लम्बिनी अटोमोवाइल्सका अध्यक्ष गणेश प्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यहरुको वृत्ति विकासम ठूलो भूमिका खेलेको बताउँदै भोलिका दिनमा नाडा सँगको सहकार्यमा व्यवसायीहरुलाई अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्ने जानकारी दिएका छन् ।
कार्यक्रममा नाडा अटोमोवाइल्स एसोसिएसनअफ नेपालका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषध्यक्ष पंकज अग्रवाल, सदस्यय मुना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।