zoom meeting download windows 8.1 why do pcr test take so long - why do pcr test take so long cca.zoom.us/download zoom install windows 10 uk - zoom install windows 10 uk download zoom 4.3
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

अमेरिकी सेनाका कमान्डर जंगी अड्डामा

 शुक्रबार, जेष्ठ २७ २०७९  

काठमाडौं । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले जंगी अड्डाको भ्रमण गरेका छन् । चार्ल्स ए फ्लिनको सम्मानमा नेपाली सेनाले जंगी अड्डा परिसरमा सम्मानगारत अर्पण गरेको छ । नेपाली सेनाको अपरेशनल गतिविधिका बारेमा प्रस्तुतीकरण पनि गरेको छ ।

चार्ल्स ए फ्लिन र प्रधान सेनापति प्रभुराम शर्माबीच पनि भेटवार्ता भएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको छ ।

शुक्रबार जंगी अड्डा पुगेका उनी शनिबार हिमाल दृश्यावलोकनका लागि माउन्टेन फ्लाइटमा जाने छन् । आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको उनले भ्रमण गर्नेछन्।

सेनाले चार्ल्स ए फ्लिनसहितचको भ्रमण टोली आइतबार नै स्वदेश फिर्ता हुने जनाएको छ । अमेरिकाका सैनिक अधिकारीहरुको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउने सेनाको विश्वास छ ।

प्रतिक्रिया सबै