४ बैशाख २०८१, मंगलवार Tuesday 16 April, 2024

आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी चलाउन रोक

 शनिबार, जेष्ठ २८ २०७९  
efl;Psf] ;8s 5]paf6 jf/kf/ bdf}nL, @& h]7 M k[YjL/fhdfu{ cGtu{t tgx’Fsf] cfFa’v}/]gL ufpFkflnsf–$, ;fFv/l:yt kfj/ xfp; glhs jiff{sf sf/0f z’qmaf/ laxfg efl;Psf] ;8s 5]paf6 jf/kf/ ub}{ ;j{;fwf/0f . ;8s efl;Fbf oftfoft cj?4 ePsf] 5 . tl:a/ M s[i0f Gof}kfg]÷ /f;;

काठमाडौँ । पृथ्वी राजमार्गमा तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी साधन नचल्ने भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

उक्त सडकखण्डबाट साना सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको उनले बताए ।

सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काट्न थालेको छ । ठूला सवारी साधन सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला सवारी साधन सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले उक्त खण्डमा शुक्रबार राति ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालन पूर्णरुपमा बन्द गरेको छ । रातिको समयमा जोखिम हुने भएकाले यातायात सञ्चालनमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताए ।

 

प्रतिक्रिया सबै