zoom cloud app download for pc download. zoom zoom app marketplace推薦 zoom app update version legal zoom llc articles download zoom login app state - zoom login app state join zoom meeting with id & password reset - join zoom meeting with id & password reset
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

यसरी उठाइँदै काठमाडौंको फोहोर

 शनिबार, जेष्ठ २८ २०७९  

काठमाडौं । काठमाडौं उपत्यकाका फोहोर उठाउन थालिएको छ । महानगर र बञ्चरेडाँडाबासीबीच सहमति भएसँगै काठमाडौंको वडा नम्बर ३२ स्थित कोटेश्वर लगायत अन्य वडाको पनि फोहोर उठान सुरु गरिएको हो ।

काठमाडौं महानगरपालिका र बञ्चरेडाँडाबासीबीच फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको छ । बञ्चरेडाँडाबासीसँग बिहिबार मध्यरातमा भएको सहमतिअनुसार रातिको समयमा मात्रै फोहोर ढुवानी गर्न शुरु गरिएको हो ।

यस्तै काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा बञ्चरे डाँडाका स्थानीय बासिन्दासँग शहरी विकास मन्त्रालयमा फोहोर फाल्न दिने सहमति भएको थियो ।

यसअघि गत सोमबार शहरी विकास मन्त्री झाँक्रीसहित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्रमा पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापन गर्न दिने सहमति भएको थियो ।

उक्त सहमतिमा बन्चरेडाँडाबासीले चित्त नबुझाएपछि फोहोर बोकेर गएका ट्रकमाथि अवरोध भएको थियो । स्थानीयबासीको अवरोधपछि काठमाडौंबासीले सडकमा फोहोर थुपारेका थिए ।

प्रतिक्रिया सबै