१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

पल शाहका नाममा कसले उठाउँदैछ पैसा ?

 शनिबार, जेष्ठ २८ २०७९  

काठमाडौं । बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका कलाकार पल शाहको परिवारले मुद्दा लड्न कसैबाट पनि आर्थिक संकलन नगरिएको प्रष्ट पारेको छ ।

केही युट्युब च्यानलमा मुद्दा लड्नका लागि पैसा उठाइएको खबर सार्वजनिक भएकोमा ध्यानाकर्षण भएको जनाउँदै शाह परिवारले कुनै किसिमको आर्थिक संकलन नगरिएको बताएको हो ।

‘केही युट्युब च्यानल र सामाजिक सञ्जालमा पल शाहको मुद्दा लड्नका लागि मोटो रकम उठाइएको भन्ने खबरहरू आएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, पलकी बहिनी रोशनी राज्यलक्ष्मीले शनिबार वक्तव्यमा जारी गर्दै भनेकी छन् । ‘पल शाह न्यायिक हिरासतमा बसेदेखि अहिलेसम्म परिवारका सदस्य कसैले पनि कसैबाट आर्थिक सहायता लिएका छैनौँ र आर्थिक सहयोगका लागि कतै पनि आग्रह गरेका छैनौँ ।’

शाह परिवारले पल शाहको नाममा कसैले कसैसँग पैसा नउठाउन पनि आग्रह गरेको छ । ‘विभिन्न माध्यमहरूमा पैसा उठाएको र पैसा दिएको भन्ने खबर आएकोले यस्तो कार्य हाम्रो परिवारबाट अहिलेसम्म नभएको र नगरिएको बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ’, वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया सबै