zoom cloud meeting download windows zoom app download free pc - zoom app download free pc www.zoom.us download download zoom desktop program how do i get the zoom app on my computer zoom installer for all users
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट

 शनिबार, जेष्ठ २८ २०७९  

काठमाडौं । महोत्तरी सदरमुकाम जलेश्वरमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट भएको छ । जलेश्वर नगरपालिका ६ धबौली निवासी ५३ बर्षीया कालोदेवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिले बोक्सी आरोप लगाएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईका अनुसार स्थानीय सोमन भनिने सोमारी देवीसहितकाले दुई महिलामाथि हात, लाठी र लात्तीले कुटपिट गरी घाइते बनाएको हो ।

दुबै महिलामाथि २६ जेठको बिहान कुटपिट भएको प्रहरीले बताएको छ । ‘भूतप्रेत लगाएको भन्दै उनीहरुले दुबैलाई कुटपिट गरेका रहेछन्’ प्रहरी निरीक्षक राईले भने, ‘घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।’

पक्राउ पर्नेमा सोही ठाउँका ४५ बर्षीय भुलन राम र २८ बर्षीया सोमनी भनिने सोमारी देवी छन् । उनीहरुबिरुद्ध बोक्सीको आरोप लगाई कुटपिट गरी ज्यान मार्ने उद्योग शीर्षकमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भई फरार भएका अन्यको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै