zoom for meetings app zoom office app legal zoom app do airpods work with zoom on pc download zoom.us/download why can't my laptop connect to zoom - why can't my laptop connect to zoom zoom download for laptop free - zoom download for laptop free
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

काठमाडौंमा पाँचौं तलाबाट खसेर एक पुरूषको मृत्यु

 शनिबार, जेष्ठ २८ २०७९  

काठमाडौं । काठमाडौंको सितापाइलामा घरबाट खसेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो पौने १ बजे नागार्जुन नगरपालिका—४ सितापाइला बस्ने ३७ वर्षीय जितेन्द्र श्रेष्ठको घरबाट खसेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनी आफ्नै घरको पाँचौं तलाबाट खसेको हो ।

ट्यांकीमा पानी भर्न जानेक्रममा चिप्लेर खस्दा उनी घाइते भएका थिए । घाइते भएका उनलाई तत्कालै सितापाइलास्थित शुभेक्षा अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले पौने १ बजे नै मृत घोषणा गरेको प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया सबै