what's the latest version of zoom for windows zoom download for pc filehippo join zoom meeting with id & password zoom app encryption future zoom music download
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरुप फेर्ने आन्दोलन ढिलोचाँडो सुरु हुन्छ : प्रचण्ड

 शनिबार, जेष्ठ २८ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरुप देश र जनताको हितमा नरहेको बताएका छन् । पोखरामा शनिबार गण्डकी प्रदेशका स्थानीय तहमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्ताको अभिमूखीकरण कार्यक्रममा प्रचण्डले हालको निर्वाचन प्रणाली र शासकीय स्वरुप बदल्ने आन्दोलन ढिलोचाँडो सुरु हुने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन पनि दिए ।

कांग्रेस, एमालेभित्रका नेताले पनि निर्वाचन प्रणाली भड्किलो र खर्चिलो भएको, भ्रष्टाचार नै त्यहींबाट सुरु हुन्छ भन्ने बहस थालेको बताउँदै उनले भने, ‘यो विषयमा संविधान बनाउने बेलामा नै रिजर्भेसन राखेर निर्वाचन प्रणाली, शासकीय स्वरुप र पहिचानको मुद्दा ठीक ढंगले सम्बोधन भएको छैन, आउने दिनमा यसको निम्ति फेरि हामीले संविधान संशोधन, परिमार्जन गर्न जरुरी छ भनेर संविधानसभामा लिखित नोट अफ डिसेन्ट लेख्ने पार्टी हामी नै हो,’ उनले कार्यकर्तालाई भने, ‘हामीलाई नैतिक, राजनीतिक अधिकार छ लडाइँ लड्ने । विकृत पुँजीवादी निर्वाचन प्रणाली बदल्ने र जनताको पक्षमा निर्वाचन प्रणाली बनाउने र शासकीय स्वरुप पनि जनताले फैसला गर्ने बनाउने लडाइँ हामीले ढिलोचाँडो लड्नु छ । दिमागमा राखिराख्नुहोला ।’

माओवादी केन्द्रको नेतृत्वमा यही टिम रहे लडाइँ छिट्टै सुरु हुने र त्यो लडाइँ आफ्नो पार्टीले जित्ने उनको भनाई छ । ‘हामी माओवादी सिधासिधा कुरा गर्न र आन्दोलन गर्न सिपालु छौं । आन्दोलन, क्रान्ति गर्ने भनेपछि तपाईंरहामी सबैका आङ जिरिंग हुन्छ, जोश आउँछ । हिँडिहालौं, मरिहालौं जस्तो गर्नेका सन्तान प¥यौं हामी,’ उनले भने, ‘हामी जित्छौं । जित्ने मैले पक्का देखेको छु । जितियो भने हामी अर्को हाइटमा पुग्छौं ।’

यस्तै आगामी संसदीय निर्वाचनमा माओवादी केन्द्रलाई दोस्रो पार्टी बनाउने गरी तयारी थालेको पनि उनले बताए । प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई अहंकार बढ्न नदिने गरी ठिक्क ठाउँमा राख्न गठबन्धनका दलबीच छलफल भइरहेको उनले बताए । उनले भने, ‘एमालेका सबै यहीं हुन्छन् । त्यसपछि खुरुखुरु समाजवादको यात्रामा लिएर जान सकिन्छ ।’ स्थानीय तहको निर्वाचन परिणाम सोचेजस्तो नभए पनि माओवादी आन्दोलनको मुख्य शक्ति माओवादी केन्द्र नै भएको तथ्य स्थापित गरेको उनले बताए ।

प्रतिक्रिया सबै