can't connect to zoom on laptop - can't connect to zoom on laptop emory zoom download zoom school app download infinite zoom download download zoom lectures join zoom meeting with meeting id - join zoom meeting with meeting id zoom free download on laptop
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

विपदमा सबै सरकारी निकायबीच समन्वय गरेर काम गर्न गृहमन्त्री खाँणको निर्देशन

 आइतवार, जेष्ठ २९ २०७९  

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्ड अवरोध हुन नदिन सबै सरकारी निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले काठमाडौं जोड्ने लाइफलाइनको रूपमा रहेको सडकखण्ड लामो समय अवरोध नहुने वातावरण सिर्जना गर्न निर्देशन दिएका हुन् ।

उनले पोखरादेखि मुग्लिन र नारायणगढदेखि मुग्लिन हुँदै काठमाडौं जाने सडकको सहज व्यवस्थापनका लागि सबै जिल्लाका सिडियोहरूले समन्वय गरेर काम गर्नुपर्ने बताउँदै भने– “यो सडकखण्डमा वर्षेनी पहिरो जाने र नागरिकको जीउधनको क्षति हुने गरेको छ । यसले सडक सञ्जालमा गम्भीर अवरोध पु-याउने गरेको छ, तपाईंहरू जिल्ला प्रमुख, सुरक्षा निकाय र सडक विभाग मिलेर व्यवस्थापनको काम गर्नुहोस् ।” उहाँले आवश्यक उपकरण, जनशक्ति र बजेको व्यवस्था गर्न जिल्ला प्रमुखलाई निर्देशनसमेत दिए ।

मन्त्री खाणले सडक निर्माण गर्दा दीर्घकालीन रुपमा सोचेर काम नगर्दा समस्या आउने गरेको बताउँदै हरेक आयोजनालाई अगाडि बढाउँदा त्यसले प्राकृतिक विपत्तिलाई कतिको सामना गर्न सक्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । उनले विपतको समयमा यात्र गरिएन भने मात्रै पनि ठूलो धनजनको क्षतिबाट जोगिन सकिने बताए । रासस

प्रतिक्रिया सबै