zoom 5.o download zoom blur download zoom download not working zoom app download for pc free download zoom 5.0.4 www.zoom.us download download zoom meeting for max
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

प्रसारणलाइन मर्मत गर्न तीन आयोजनाको उत्पादन आज बन्द

 आइतवार, जेष्ठ २९ २०७९  

काठमाडौं । आज तीन वटा जलविद्युत आयोजनाको विद्युत उत्पादन ठप्प हुने भएको छ ।

लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन नहुने भएको हो। ती विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द हुने छ ।

गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको हो ।

प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत उत्पादन बन्द हुने विद्युत प्राधिकरणले जनाएको छ ।

पहिरोले मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनस्र्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।

अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ। आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ। यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ।

यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युतगृहबाट उत्पादित विद्युत पनि बन्द हुने छ। करिब १५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्ने जनाइएको छ।

प्रतिक्रिया सबै