cakewalk by band zoom download windows zoom client meeting app download zoom.com/download zoominfo stock price will zoom work on windows 8.1 - will zoom work on windows 8.1 zoom meeting id and password to join - zoom meeting id and password to join
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

नेपालमा एमसीसी पास गरेपछि महँगी बढ्यो : प्रेम सुवाल

 आइतवार, जेष्ठ २९ २०७९  

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालले एमसीसी सम्झौता पास गरेकै कारण नेपालमा महँगी बढेको बताएका छन् ।

आइतबार प्रतिनिधि बैठकमा खर्च कटौतीको प्रस्तावकको रुपमा बोल्दै सांसद सुवालले नेपालको आर्थिक संकट बढेको र सर्वसाधारण आर्थिक मारमा परेको भन्दै प्रधानमन्त्री शेरबहादुृर देउवाले संयुक्त राष्ट्रसंघमा रुसको विपक्षमा मतदान गरेकै करण महँगी बढेको बताए । ‘अमेरिकी साम्राज्यवादले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई संयुक्त राष्ट्र संघको रुसको विपक्षमा मदान गरायो, यसै कारण महँगी बढेको हो, म प्रमाण देखाउन तयार छु’, उनले भने ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकार कुटनीतिमा असफल भएको बताए । ‘मतदानमा तटस्थ बसेको भारतलाई रुसले अन्तर्राष्ट्रिय बजारमा बजारको मूल्यको एकतिहाई मुल्यमा तेल ग्यास उपलब्ध गरायो । खोई नेपालको कटुनीतिक रु तेल सस्तोमा ल्याउन सक्दैन भारतले जस्तै’, उनले भने ।

प्रतिक्रिया सबै